उपाधिका लागि आज बार्यन म्युनिख र टोटनह्याम भिड्दै

काठमाडौं, साउन १५
प्रि–सिजनका रूपमा खेलाइएको आउदी कप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ । आजै तेस्रो स्थानका लागि हुने खेल पनि हुँदैछ ।

आज राति सबैभन्दा पहिला तेस्रो स्थानका लागि खेल हुनेछ । जहाँ सेमिफाइनलमा पराजित टर्किस क्लब फेनेरबेची र स्पेनिस रियल मड्रिड खेल्दैछन् । यो खेल राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

गत राति भएको सेमिफाइनलमा रियल इंग्लिस क्लब टोटनह्यामसँग १–० ले पराजित भएको थियो भने फेनेरबेची जर्मन क्लब बार्यन म्युनखिसँग ६–१ ले हारेको थियो । प्रि–सिजनमा चार खेलिसक्दा जितविहीन रहेको रियल आज तुलनात्मक रूपमा कमजोर टिमविरुद्ध उत्रिँदा जितको स्वाद चाख्ने दाउमा छ ।

आजै राति कपको फाइनल खेल पनि हुँदैछ । उपाधिका लागि टोटनह्याम र बार्यन म्युनिख खेल्दैछन् । खेल नेपाली समयअनुसार राति १२ः१५ बजेबाट सुरु हुनेछ ।

गत राति सेमिमा बार्यनले फेनेरबेचीलाई ६–१ ले हराएर फाइनल पुग्दा त्यसअघि टोटनह्यामले रियललाई हराएर फाइनलमा स्थान बनाएको थियो । दुवै बलिया टोली भएकाले उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति १५ श्रावण २०७६, बुधबार ०८:३५
Loading...