‘रोनाल्डोलाई नखेलाएको’ भन्दै आयोजकविरुद्ध हालियो मुद्दा !

एजेन्सी, साउन १५
गत शुक्रबार क्लब मैत्रीपूर्ण खेलअन्तर्गत दक्षिण कोरियामा टिम के लिग इटालियन युभेन्टसबीच मैत्रीपूर्ण खेल भयो । निकै प्रतिस्पर्धात्मक सो खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।

सो खेल दौरान युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई नखेलाइएको भन्दै समर्थकहरूले आयोजकविरुद्ध मुद्दा हालेका छन् । कोरियाको लिग के लिग अल स्थार्टस्को मिश्रित टिमविरुद्ध रोनाल्डो खेल्ने भनिए पनि उनी मैदान नै उत्रिएनन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सो खेलअघि रोनाल्डोलाई पहिलो वा दोस्रो हाफमध्ये एक गरी ४५ मिनेट खेलाउने सम्झौता भएको थियो । तर, प्रशिक्षकले पोर्चुगिज फरवार्डलाई मैदान नै उतारेनन् । रोनाल्डो पूरै समय बेन्चमै रहे ।

तर, रोनाल्डोको खेल हेर्न मैदान पुगेका हजारौं फ्यानहरू पनि रुष्ट बने । जसमा केही फ्यानहरूले कोरियाको साउलस्थित अदालतमा प्रतियोगिता आयोजकविरुद्ध मुद्दा नै हालेका छन् ।

जसमा उजुरी गर्नेहरूले खेल हेर्न टिकटका लागि तिरेको करिब ७० हजार कोरिन रकम फिर्ता मागेका छन् । त्यत्ति मात्रै हैन, उनीहरूले रोनाल्डो खेलाउने भनेर नखेलाई धोका दिएको भन्दै १० लाख रुपैयाँ क्षतिपूर्तिसमेत माग गरेको खबरमा उल्लेख छ ।

प्रतियोगिता आयोजक ‘द फास्टा’का प्रमुख कार्यकारी अधिकृत रोबिन च्याङले रोनाल्डोले ४५ मिनेट खेल्ने सम्झौता भए पनि नखेलाउँदा आफूहरू पनि अचम्ममा परेको बताए । उनले सम्झौता भंग गरेको भन्दै क्लब युभेन्टसलाई लीखित रूपमै पत्राचार गरेको पनि बताएका छन् ।

प्रकाशित मिति १५ श्रावण २०७६, बुधबार ०७:२६
Loading...