बार्यन म्युनिखको फराकिलो जितमा मुलरको ह्याट्रिक

काठमाडौं, साउन १५
जर्मनीमा जारी आउदी कप फुटबलमा घरेलु टोली बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । प्रि–सिजनअन्तर्गत गत राति भएको सेमिफाइनल खेलमा बार्यनले टर्किस क्लब फेनरबेचीलाई ६–१ ले निराश बनायो ।

बार्यनको जितमा फरवार्ड थोमस मुलर नायक बने । उनले एक पेनाल्टी गोलसहित ह्याट्रिक गरे । बार्यनका लागि खेलको २२औं मिनेटमा रेनाटो सान्चेजले पहिलो गोल गरेका थिए ।

त्यसपछि खेलको २८औं मिनेटमा लियोन गोरेट्जाले गोल गर्दै बार्यनलाई २–० को अग्रता दिलाए । त्यसपछि ३१औं मिनेटमा मुलरले गोल गरे भने ४०औं मिनेटमा किङ्स्ली कोमनाले गोल गरे पछि बार्यन ४–० ले अघि रह्यो ।

बार्यन त्यत्तिमै अढिएन । खेलको ४४औं मिनेटमा बार्यनले पेनाल्टी पायो । जसमा मुलरले नै पेनाल्टी प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गर्दा खेलको ५८औं मिनेटमा मुलरले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

खेलको ६४औं मिनेटमा फेनरबेचीका लागि म्याक्स क्रुसले सान्त्वना गोल गरे पनि खेल बार्यनले ६–१ ले जित्यो । यससँगै बार्यनले फाइनलमा इंग्लिस क्लब टोटनह्यामसँगको भेट पक्का गरेको छ भने फेनेरबेची र स्पेनिस रियल मड्रिड तेस्रो स्थानका लागि खेल्नेछन् ।

प्रकाशित मिति १५ श्रावण २०७६, बुधबार ०१:४९
Loading...