मैत्रीपूर्ण खेलमा पिएसजीको प्रभावशाली जित

काठमाडौं, साउन १४
प्रि–सिजनअन्तर्गत भएको क्लब मैत्रीपूर्ण खेलमा फ्रेन्च क्लब पिएसजीले प्रभावशाली जित निकालेको छ । आज साँझ भएको खेलमा पिएसजीले अस्ट्रेलियन क्लब सिड्नी एफसीलाई ३–० ले हराएको हो ।

चीनमा भएको खेलमा पिएसजीलाई जिताउन ३ जना फरक–फरक खेलाडीले गोल गरे । पहिलो गोल खेलको ३७औं मिनेटमा केलियन एमबाप्पेले गरेका थिए । त्यसपछि दोस्रो गोल खेलको ४३औं मिनेटमा इडिसन काभानीले गरेपछि पिएसजी पहिलो हाफमा २–० ले अघि रह्यो ।

त्यसपछि खेलको अन्तिम समय ८९औं मिनेटमा मेटेहान गुक्लुले गोल गरेपछि पिएसजी ३–० ले विजयी भयो । यस खेलमा पनि पिएसजीको टोलीमा ब्राजिलियन स्टार नेइमारलाई खेलाइएन । उनी हाल टोलीमा रहे पनि खेल्ने टोलीमा भने परेका छैनन् ।

प्रकाशित मिति July 30, 2019
Loading...