आफ्ना ‘गोल्डेन ब्वाई’लाई युभेन्टसले बेच्यो

एजेन्सी, साउन १४
इटालियन क्लब युभेन्टसले आफ्ना युवा फरवार्ड मोइसे किनलाई बेचेको छ । इटालियन मिडिया रिपोर्टअनुसार युभेन्टस आफ्ना युवा स्टारलाई इंग्लिस क्लब एभर्टनलाई बेच्न राजी भएको हो । तर, हालसम्म दुवै क्लबले खेलाडी किनबेचको औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

रिपोर्टअनुसार युभेन्टसले आफ्ना १९ वर्षीय युवा खेलाडीलाई ४० मिलियन युरोमा बेचेको बताइएको छ । किन युभेन्टसका ‘गोल्डेन ब्वाइ’का नामले चिनिन्छन् ।

गत सिजन उनले घरेलु लिगमा वैकल्पिक खेलाडीका रूपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिरी ‘ए’मा मात्रै १३ खेलबाट कूल ५३६ मिनेट मैदानमा खेल्दै ६ गोल गरेका थिए । अधिकांश खेलमा उनी बेन्चबाट मैदान छिरेका थिए ।

एभर्टनमा किनले यसै साता मेडिकल जाँच गरेपछि दुई क्लबले खेलाडी अनुबन्धको घोषणा गर्ने बताइएको छ ।

प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार १२:२३
Loading...