आज रियल मड्रिड र टोटनह्यामको ‘महाभिडन्त’ हुँदै

काठमाडौं, साउन १४
क्लब मैत्रीपूर्ण खेलका रूपमा खेलाइने अउदी कपमा आज युरोपमा दुई ठूला क्लब खेल्दैछन् । जर्मनमा हुने यस खेलमा चार टिम खेल्नेछन् । जसमा सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

आज हुने पहिलो सेमिफाइनल खेलमा स्पेनिस रियल मड्रिड र इंग्लिस कलब टोटनह्याम खेल्दैछन् । यो खेल जर्मन क्लब बार्यन म्युनिखको घरेलु रंगशालामा आज राति ९ः४५ बजेबाट हुँदैछ ।

अर्को सेमिफाइनल खेलमा आजै राति १२ः१५ बजेबाट बार्यन म्युनिख फेनेरबेकसँग खेल्नेछ । सेमिफाइनलका खेल सकिएपछि फाइनल खेल हुनेछन् ।

जर्मन भ्रमणमा रहेको रियलको टोलीमा अधिकांश प्रमुख खेलाडी छन् । तर, गोलकिपर थियाबाउट कोर्टुवा, लुका जोभिकलगायत खेलाडी चोटका कारण हुनेछैनन् । त्यस्तै, वेल्स स्टार ग्यारेथ बेललाई पनि प्रशिक्षक जिदानले टोलीमा राखेका छैनन् ।

प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार ०६:०६
Loading...