‘प्रेसिडेन्ट पिके’ले किने अर्को क्लब !

एजेन्सी, साउन १२
स्पेनिस बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले दोस्रो क्लब किनेका छन् । यससँगै उनी अब दुई क्लबका मालिक हुने भएका छन् । केही समयअघि उनले सपेनकै पाँचौं डिभिजनको क्लब एन्डोरा एफसी किनेका थिए ।

राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरिसकेका र बार्सिलोनाबाट समेत करिअर बिसाउन लागेका ३२ वर्षीय पिके अब दुई क्लबका मालिक हुने भएका छन् ।

स्पेनिस मिडियाका अनुसार पिकेले बार्सिलोनास्थित जिमन्यास्टिक डे मानरेसा नामको क्लबको सेयर किनेका हुन् । सो क्लबका सेयर होल्डरहरूले पिकेलाई उनको कम्पनी कोसमोसलाई अधिकतम् बेच्ने निर्णय शुक्रबारै यो निर्णय भएको स्पेनिस मिडियाले जनाएका छन् ।

अब पिकेको कम्पनीले नयाँ क्लबको अधिकांश सेयर खरिद गरेसँगै पिकले दुई क्लबलाई सम्बद्ध बनाएर एकेडेमीका रूपमा सञ्चालन गर्नेछन् । एन्डोराका निर्देशकसमेत जिम्यास्टिकका सेयर लगानीकर्ताहरूको बैठकमा सामेल थिए ।

अब पिकेको कम्पनी र क्लबबीच कागजत पास गर्ने सम्पूर्ण प्रक्रिया सोमबारबाटै सुरु भएर एक सातासम्ममा सकिने बताइएको छ । पिकेले क्लबको हालको अवस्थालाई पाँच वर्षभित्र व्यापक सुधार गर्ने योजनाअनुसार अधिकांश सेयर खरिद गरेको बताइएको छ ।

यसअघि पिकेले किनेको क्लब एन्डोरामा बार्सिलोनाकै कप्तान लिओनल मेस्सीको समेत लगानाी रहेको छ ।

प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार ०९:०४
Loading...