फिफा क्लब विश्वकपको मिति टुंगो लाग्यो

काठमाडौं, साउन १२
महादेशस्तरका क्लब च्याम्पियनहरूले खेल्ने फिफा विश्वकप फुटबल प्रतियोगिताको मिति टुंगो लागेको छ । कतारमा आयोजना हुने यस संस्करण आगामी डिसेम्बर महिनामा गर्ने फिफाले निर्णय गरेको छ ।

फिफाको बैठकले प्रतियोगिता डिसेम्बर ११ देखि २१ तारिखसम्म कतारमा सञ्चालन गर्ने निर्णय गरेको हो । यसपटक प्रतियोगितामा कूल ७ टोलीले भिडन्त गर्नेछन् । यस प्रतियोगितामा महादेशस्तरका क्लब च्याम्पियनहरूले प्रतिस्पर्धा गर्ने गर्छन् ।

जसमा इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग विजेताको हैसियतमा सहभागी हुनेछ । त्यसैगरी, आयोजक देश कतारको अल सदा, मेक्सिकोको सीएफ मोन्टेरी र क्यालेडोनियाको हियाङहि स्पोट्र्सले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ ।

अब एसिया क्षेत्र, अफ्रिका क्षेत्र र साउथ एसियन क्षेत्रबाट खेल्न टोलीको टुंगो लाग्न बाँकी छ । त्यसपछि प्रतियोगितामा भाग लिने सबै टिमको टुंगो लाग्नेछ ।

प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार ०३:१२
Loading...