जापानी एफएमलाई सिटीले हरायो

काठमाडौं, साउन ११
प्रि–सिजनअन्तर्गत भएको क्लब मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । आज भएको खेलमा सिटीले जापानी क्लब योकोहामा एफएमलाई १–३ ले हराएको हो ।

जापानमा भएको खेलमा सिटीलाई जिताउन ३ जना फरक–फरक खेलाडीले गोल गरे । प्रतिस्पर्धात्मक खेलमा सिटीका लागि खेलको १८औं मिनेटमा केभिन डे ब्रुयानले निकै दर्शनीय गोल गरेका थिए ।

तर, गोल खाएको ५ मिनेटपछि नै योकोहामाले गोल गर्दै खेल १–१ बनायो । उसका लागि केटिया इन्डोले गोल गरेका थिए । त्यसपछि खेलको ४०औं मिनेटमा सिटीका लागि रहिम स्टर्लिङले गोल गरेपछि सिटी पहिलो हाफमा १–२ ले अघि रह्यो ।

त्यसपछि घरेलु टोलीका लगातार खेलमा फर्किन प्रयास गरे पनि उसको प्रयास असफल भए । खेलको ९० मिनेटपछिको इन्जुरी समयमा सिटीका लागि लुकास मेचाले गोल गरेपछि खेल सिटीले १–३ ले जित्यो ।

प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार १२:५७
Loading...