भिसेल कोबेलाई बार्सिलोनाले हरायो : पेरेज बने नायक !

काठमाडौं, साउन ११
राकुटेन कप मैत्रीपूर्ण फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले घरेलु टोली भिसेल कोबेलाई पराजित गरेको छ । प्रि–सिजनअन्तर्गत जापानमा आज अपराह्न सकिएको खेलमा बार्सिलोनाले जापानी लिग जे लिगको टोली कोबेमाथि ०–२ को सहज जित निकालेको हो ।

निकै प्रतिस्र्धात्मक खेलको पहिलो हाफमा भने दुवै टोलीबाट गोल हुन सकेन । खेलमा तुलनात्मक रूपमा पाहुना टोली बार्सिलानाले पकड जमाए पनि उसले गोल निकाल्न सकेन । बार्सिलोनाले पहिलो हाफमा आधा दर्जभन्दा बढी आक्रमण गरेको थियो ।

बार्सिलोनाका पूर्वखेलाडी आन्द्रेस इनिएस्टाहित मैदान उत्रेको कोबेले पहिलो हाफमा केही सीमित तर सहज मौका बनाएको थियो । इनिएस्टाको पासमा कोबेले तीन सुन्दर मुभ बनाए पनि गोलरक्षक टर स्टेगेनले ती प्रयास असफल पारिदिए ।

तर, दोस्रो हाफमा मैदान छिरेको नयाँ टोलीले खेलमा नतिजा निकाल्यो । ५९औं मिनेटमा कार्लेस पेरेजले बक्सभित्रबाट सहजै गोलकिपरको टाङमुनिबाट गोल छिराएपछि खेलमा बार्सिलोनाले ०–१ को अग्रता लियो ।

त्यसपछि खेलको ८६औं मिनेटमा पेरेजले नै बक्सभित्रबाट हानेको प्रहार पोलमा लाग्दै छिरेपछि खेल बार्सिलोनाले ०–२ ले जित्यो ।

प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार १०:५९
Loading...