भिसेल कोबे भर्सेस बार्सिलोना : पहिलो हाफमा बराबरी

काठमाडौं, साउन ११
प्रि–सिजनअन्तर्गत राकुटेन कप फुटबलमा अहिले जापानी क्लब भिसेल कोबे र स्पेनिस क्लब बार्सिलोना खेलिरहेका छन् । जापानको मिसाकी पार्क स्टेडियममा जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

निकै प्रतिस्र्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । खेलमा तुलनात्मक रूपमा पाहुना टोली बार्सिलानाले पकड जमाए पनि उसले गोल निकाल्न सकेन । बार्सिलोनाले पहिलो हाफमा आधा दर्जभन्दा बढी आक्रमण गरेको थियो ।

यता, बार्सिलोनाका पूर्वखेलाडी आन्द्रेस इनिएस्टाहित मैदान उत्रेको कोबेले पहिलो हाफमा केही सीमित तर सहज मौका बनाएको थियो । इनिएस्टाको पासमा कोबेले तीन सुन्दर मुभ बनाए पनि गोलरक्षक टर स्टेगेनले ती प्रयास असफल पारिदिए ।

प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार ०९:५०
Loading...