रियलका युवा मिडफिल्डरलाई आर्सनलले भित्र्यायो

एजेन्सी, साउन ९
इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियल मड्रिडका युवा मिडफिल्डर ड्यानी सेबालसलाई लोनमा अनुबन्ध गरेको छ । आज आर्सनलले रियलका २२ वर्षीय स्टार मिडफिल्डरलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

रियलमा पर्याप्त खेल्न नपाएका सेबालस लोनमा आर्सनल जान राजी भएका थिए । उनले अब आर्सनलमा एक सिजन लोन सम्झौतामा बिताउनेछन् ।

केही समयअघि यु–२१ युरोपियन च्याम्पियनसिप प्रतियोगितामा स्पेनलाई उपाधि जिताउन सेबालसले महत्त्वपूर्ण प्रदर्शन गरेपछि आर्सनलले उनीमाथि इच्छा बढाएको थियो ।

सेबालस सन् २०१७ मा स्पेनिस क्लब रियल बेटिसबाट १६ मिलियन युरोमा रियलमा अनुबन्ध भएका थिए । गत सिजन उनले ला लिगामा १७ खेलमा सुरुआती टोलीमा परेर खेलेका थिए । उनल मात्रै दुई च्याम्पियन्स लिगका खेलमा मौका पाएका थिए ।

प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार १४:१२
Loading...