मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीद्वारा गोलको वर्षा

काठमाडौं, असार ८
क्लब मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । आज राति भएको खेलमा सिटीले हङकङको क्लब किट्चेलाई ६–१ ले निराश बनायो ।

सिटीले एकपक्षीय बनाएको खेलमा उसले पहिलो हाफमा ३ गोल गरे दोस्रो हाफमा ३ गोल नै हान्यो भने आफूले १ गोल खायो । सिटीका लागि खेलको १३औं मिनेटमा डेभिड सिल्भाले पहिलो गोल गरेका थिए । त्यसपछि ४०औं मिनेटमा साने र ४३औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि सिटी पहिलो हाफमा ३–० ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा पनि सिटीले गोल थप्यो । जहाँ ५५औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गरे भने ८०औं मिनेटमा नाविल टोआआइजीले गोल गरे । त्यसपछि ८८औं मिनेटमा इकर पोजो रोसाले गोल गरे ।

त्यसअघि खेलको ८५औं मिनेटमा ल चुनले १ किट्चेका लागि सान्त्वना गोल फर्काएका थिए । सिटी यसअघि एसिया कपको फाइनलमा उल्भ्सँग पराजित भएको थियो ।

प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार १५:५९
Loading...