च्याम्पियन्स कप : बार्यनले एसी मिलानलाई हरायो

काठमाडौं, साउन ८
प्रि–सिजन प्रतियोगिताका रूपमा जारी इन्टरनेसनल च्याम्पियन्स कपअअन्तर्गत भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखले इटालियन एसी मिलानलाई हराएको छ । आज बिहान भएको खेलमा बार्यनले मिलानलाई १–० ले हराएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा बार्यनका लागि पहिलो हाफको इन्जुरी समयमा गरेको १ मात्रै गोल जितका लागि निर्णायक बन्यो । थप समयको तेस्रो मिनेटमा बार्यनका लागि लिओन गारेट्जाले बार्यनका लागि गोल गरेर टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल बार्यनले १–० ले जित्यो । यससँगै बार्यन तीन खेलमा दुई खेल जितेर ६ अंकसहित टेबलको दोस्रो स्थानमा छ । यसअघि उसले स्पेनिस रियल मड्रिडलाई ३–१ ले हराएको थियो ।

प्रकाशित मिति July 24, 2019
Loading...