बार्सिलोना भर्सेस चेल्सी : पहिलो हाफमा चेल्सीलाई अग्रता !

काठमाडौं, साउन ७
प्रि–सिजन टुरअन्तर्गत जापानमा आजदेखि सुरु भएको राकुटेन कप फुटबलमा अहिले स्पेनिस बार्सिलोना र इंग्लिस क्लब चेल्सी खेलिरहेका छन् । जापानको साइतामा रंगशालामा जारी खेलको पहिलो हाफमा चेल्सीले १–० को अग्रता लिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सीका लागि खेलको ३४औं मिनेटमा टामी अब्राहमले गोल गरे । सो गोलमा जर्जिन्होले असिस्ट गरेका थिए ।

बक्सभित्र बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट्सको गल्तीको फाइदा उठाउँदै चेल्सीले गोल हानेको थियो । बुस्केट्सले बल क्लियर गर्न नसक्दा बार्सलोनाले सिजनको पहिलो गोल खान पुग्यो ।

पहिलो हाफमा चेल्सीले तीनपटक गोल गर्ने मौका बनाएको थियो । यता, बार्सिलोनाका उसामान डेम्बेले र एन्टोनी ग्रीजम्यानले एक–एक पटक अवसर बनाए पनि गोल भने हुन सकेन ।

प्रकाशित मिति ७ श्रावण २०७६, मंगलवार ११:२१
Loading...