no-image

एजेन्सी, साउन ६
स्पेनिस बार्सिलोनाले आफ्ना प्रमुख खेलाडी लिओनल मेस्सीसँग पुनः सम्झौता गर्ने तयारी थालेको छ । क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेस्सीसँग नयाँ सिजनअघि नै सम्झौताा नवीकरण गर्ने तयार गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अन्तर्राष्ट्रिय ड्युटीपछि मेस्सी हाल बिदामा छन् । उनी नयाँ सिनजका लागि बार्सिलोना आएपछि क्लबले उनीसँग सम्झौता नवीरकण गर्न औपचारिक रूपमा प्रस्ताव गर्नेछ ।

हाल ३२ वर्षका मेस्सीले बार्सिलोनासँग सन् २०२१ सम्म सम्झौता गरेका छन् । अझै पनि बार्सिलोनासँग उनको २ वर्षको सम्झौता अवधि बाँकी नै छ । यदि मेस्सीले फेरि बार्सिलोनासँग सम्झौता नवीकरण गरे उनका लागि यो बार्सिलोनासँग सन् २००४ मा पहिलो सम्झौता गरेयता १०औं व्यावसायिक सम्झौता हुनेछ ।

बार्टोमेमउले मेस्सीलाई ३६ वर्षको हुँदासम्म क्लबमै राख्ने गरी सम्झौता गर्न चाहेका छन् । यसको अर्थ बार्सिलोना मेस्सीसँग अझै २ वर्ष सम्झौता लम्ब्याउन चाहन्छ ।

स्पेनिस मिडियाका अनुसार बार्सिलोनासँग मेस्सी सम्झौता लम्ब्याउन राजी भए उनको सेवा–सुविधामा व्यापक वृद्धि हुनेछ । यसअघि बार्टोमेउले मेस्सीलाई आकर्षक सेवा–सुविधासहित सम्झौता नवीकरण आफूले आफ्नै कार्यकालमा गर्ने बताएका थिए ।

तर, २०२१ पछि पनि मेस्सी बार्सिलोनामै बस्ने सम्भावना न्यून छ । किनभने, मेस्सी आफैं बार्सिलोनामा सक्रिय समय बिताएपछि आफूले खेल करिअर सुरु गरेको अर्जेन्टिनी क्लबबाट खेल्ने सपना रहेको यसअघि पटक–पटक बताउँदै आएका छन् ।

यता, मेस्सीलाई सन् २०२१ पछि इंग्लिस खेलाडी डेभिड ब्याकहमले पनि आफ्नो अमेरिकन क्लबमा भित्र्याउन चाहेका छन् । मेस्सीले सक्रिय समय सकिएपछि बार्सिलोनामा भेट्रान खेलाडीका रूपमा नरहने निर्णय लिने सम्भावना प्रबल रहेको बताइन्छ ।

प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार १५:३८
Loading...