च्याम्पियन्स कप : आज युभेन्टस र टोटनह्यामको भिडन्त हुँदै

एजेन्सी, साउन ५
प्रि–सिजनअन्तर्गत इटालियन क्लब युभेन्टसले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । इन्टरनेसनसल च्याम्पियन्स कपअन्तर्गत इटालियन च्याम्पियन युभेन्टसले आफ्नो पहिलो खेलमा इंग्लिस क्लब टोटनह्यामको सामना गर्दैछ ।

क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस र ह्यारी केनको टिम टोटनह्याम भिड्दा आजको यो खेल हेर्नलायक हुनेछ । खेल नेपाली समयअनुसार आज साँझ ५ः१५ बजेबाट सुरु हुनेछ ।

युभेन्टस र टोटनह्याम दुवैका लागि प्रि–सिजनमा यो पहिलो खेल हो । आगामी सिजन च्याम्पियन्स लिग खेल्ने यी दुवै टोली आज पहिलो खेल जितेर प्रि–सिजनलाई पनि सुखद् बनाउने दाउमा छन् ।

आजको खेलमा युभेन्टसका रोनाल्डोसहित नयाँ डिफेन्डर माथिस डि लिग्टलगायतका पहिलो रोजाइका खेलाडी खेल्नेछन् । यता, टोटनह्यामको टोलीमा पनि पहिलो रोजाइका खेलाडीको सहभागिता हुनेछ ।

प्रकाशित मिति ५ श्रावण २०७६, आईतवार ०९:०७
Loading...