बार्सिलोनासँगको खेलअघि चेल्सी जापानी क्लबसँग स्तब्ध

काठमाडौं, साउन ३
नयाँ सिजनअघिको प्रि–सिजन मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । आज जापानी क्लब कावासाकी फ्रन्टालेसँग भएको खेलमा चेल्सी १–० ले स्तब्ध बनेको हो । फ्रन्टाले जापनी जे लिगको दोस्रो स्थानको क्लब हो ।

जापानमा भएको खेलमा चेल्सीका नयाँ प्रशिक्षक फ्रान्क लाम्पर्डाको टोलीले हार पन्छाउन सकेन । यो उनका लागि तेस्रो खेल थियो । प्रतिस्पर्धात्मक खेलमा चेल्सी निर्धारित ९० मिनेटको अन्तिम ३ मिनेट सम्हालिन नसक्दा स्तब्ध बन्यो । खेलको ८७औं मिनेटमा कावासाकीका लागि लियान्द्रो डामियोले गरेको १ मात्रै गोल जितका लागि निर्णायक बन्यो ।

आजको खेल नयाँ प्रशिक्षक लाम्पार्डको नेतृत्वमा तेस्रो खेल थियो । यसअघि चेल्सीले उनको नेतृत्वमा दुई खेल खेलिसकेको थियो । जसमा उसले सेन्ट प्याट्रिक एथ्लेटिकलाई ४–० ले हराउँदा बोहिमेन एफसीसँग १–१ को बराबरी खेलेको थियो । अब चेल्सीले जुलाई २३ मा जापानमा राकुटेन कपअन्तर्गत स्पेनिस बार्सिलोनासँग महत्त्वपूर्ण खेल खेल्दैछ ।

प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार १३:२७
Loading...