काठमाडौं, साउन ३
७०० मिलियन युरो मूल्यको स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीको रिलिज क्लज निकै चर्चित छ । विश्व फुटबलकै सर्वाधिक सफल खेलाडीमा पर्ने उनको रिलिज क्लज बार्सिलोनाले ७०० मिलियन युरो तोकेको छ ।
तर, मेस्सी नै सर्वाधिक धेरै रिलिज क्लब भएका खेलाडी भने होइनन् । उनी पाँचौं नबरमा मात्रै पर्छन् । उनको भन्दा निकै ठूलो रिलिज क्लज रियल मड्रिडका फ्रेन्च स्टार करिम बेन्जेमाको छ । उनको रिलिज क्लज मात्रै १ बिलियन युरो रहेको छ । मेस्सीको रिलिज क्लज रियल मड्रिडका लुका मोड्रिक र रियलकै मारियो डियाजको भन्दा पनि सानो छ ।
त्यसपछि दोस्रो नम्बरमा हालै बािर्सलोनाले अनुबन्ध गरेका फ्रान्सकै एन्टोनी ग्रीजम्यान छन् । उनको रिलिज क्लब बार्सिलोनाले ८०० मिलियन युरो तोकेको छ । त्यसपछि मात्रै बार्सिलोनाका मेस्सीको नाम आउँछ ।
ठूलो रिलिज क्लज भएका टप–१० खेलाडी (रकम युरो) :
- करिब बेन्जेमा – रियल मड्रिड – १ बिलियन
- एन्टोनी ग्रीजम्यान – बार्सिलोना – ८०० मिलियन
- लुका मोड्रिक – रियल मड्रिड – ७५० मिलियन
- मारियो डियाज – रियल मड्रिड – ७५० मिलियन
- लिओनल मेस्सी – बार्सिलोना – ७०० मिलियन
- भिनिसियस जुनियर – रियल मड्रिड – ७०० मिलियन
- इस्को – रियल मड्रिड – ७०० मिलियन
- मार्को एसेन्सियो – रियल मड्रिड – ७०० मिलियन
- जेरार्ड पिके – बार्सिलोना – ५०० मिलियन
- ग्यारेथ बेल – रियल मड्रिड – ५०० मिलियन