मेस्सीले प्रि–सिजनका कुन–कुन खेल गुमाउँछन् ?

एजेन्सी, साउन २
स्पेनिस बार्सिलोनाका अधिकांश खेलाडी बिदा सकाएर क्लब फर्किसके पनि केही प्रमुख खेलाडी पनि अझै पनि बिदामै रमाइरहेका छन् । जसमा कप्तान लिओनल मेस्सी, लुइस स्वारेजसहितका खेलाडी अझै पनि बार्सिलोना पुगेका छैनन् ।

यतिबेला बार्सिलोनामा अधिकांश खेलाडी प्रशिक्षणमा भए पनि कप्तान मेस्सी पनि आइपुगेका छैनन् । उनी आफ्नो परिवारसँग घुमघाम गरिरहेका छन् । बार्सिलोनाले आजको ६ दिनपछि प्रि–सिजनअन्तर्गतको पहिलो खेल खेल्दैछ । उसले नयाँ सिजनअघि जम्मा ५ खेल खेल्नेछ ।

तर, मेस्सी भने प्रि–सिजनका सबै खेलमा सहभागी नहुने भएका छन् । उनले पाँचमध्ये तीन वा दुई खेल मात्रै खेल्नेछन् । क्लब बार्सिलोनाले मेस्सी जुलाईको अन्तिमसम्ममा बार्सिलोना फर्किने जनाएको छ ।

यसो हुँदा मेस्सीले प्रि–सिजनको तेस्रो खेलबाट खेल्न सक्नेछन् । सो खेल अगस्ट ४ मा इंग्लिस क्लब आर्सनलसँग हुनेछ ।

बार्सिलोनाको टोली अर्को साता जापान भ्रमणमा निस्कँदैछ । त्यहाँ बार्सिलोनाले राकुटेन कपअन्तर्गत मैत्रीपूर्ण खेल इंग्लिस क्लब चेल्सी र जापानी क्लब भिसाल कोबेसँग खेल्ने तालिका छ ।

बार्सिलोनाका प्रि–सिजन टुरका खेल :

  • बार्सिलोना भर्सेस चेल्सी (जुलाई २३)
  • भिसाल कोबे भर्सेस बार्सिलोना (जुलाई २७)
  • बार्सिलोना भर्सेस आर्सनल (अगस्ट ४)
  • नापोली भर्सेस बार्सिलोना (अगस्ट ७)
  • बार्सिलोना भर्सेस नापोली (अगस्ट १०)

बार्सिलोनाले नयाँ सिजन २०१९–२० को पहिलो पहिलो खेल अगस्ट १८ मा ला लिगामा खेल्दैछ । उसले लिगको पहिलो खेल एथ्लेटिको बिल्बाओसँग अवे मैदानमा खेल्दैछ ।

प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १५:०३
Loading...