नेपाली गोलरक्षक किरणलाई फेरि मिनेर्भाले भित्र्यायो

काठमाडौं, असाउन २
नेपाली राष्ट्रिय फुटबल टिमका पहिलो रोजाइका गोलरक्षक किरणकुमार चेम्जोङलाई पुनः भारतको मिनेर्भा पन्जाब क्लबले अनुबन्ध गरेको छ । क्लबले किरणसँग सम्झौता भइसकेको पुष्टि गरेको छ ।

किरणले यसअघि पनि मिनेर्भाबाट खेलिसकेका छन् । उनीले सन् २०१८ मा मिनेर्भाबाट खेल्दै क्लबलाई लिगको उपाधि जिताउन योगदान दिएका थिए । सो सिजनपछि किरण माल्दिभ्सको टिसी स्पोट्र्समा अनुबन्ध भएका थिए । किरणले त्यहाँ पनि लिग जितेका थिए । उनले सोही क्लब र लिगबाट उत्कृष्ट गोलरक्षकको अवार्डसमेत जितेका थिए ।

पछि किरण राष्ट्रिय टोलीमा फर्किएकाले टिसीले पुनः उनीसँग सम्झौता गरेन । किरण हाल राष्ट्रिय टोली छन् । र, उनी विश्वकप छनौटको तयारीमा छन् । एसियन क्षेत्रको विश्वकपको छनौट खेलको तालिका अघिल्लो दिन सार्वजनिक भएको छ । नेपाल समूहमा ‘बी’मा परेको छ ।

प्रकाशित मिति July 18, 2019
Loading...