ट्रिपिएर टोटेनह्म छाडेर मड्रिडमा अनुबन्धित

एजेन्सी, साउन २
इंग्लिस क्लब टोटनह्यामका डिफेन्डर किरियन ट्रिपिएरलाई स्पेनिस क्लब एथ्लेटिको मड्रिडले अनुबन्ध गरेको छ । ट्रिपिएरलाई एथ्लेटिकोले बुधबार २० मिलियन पाउन्डमा भित्र्याएको हो । उसले ट्रिपिएरसँग आगामी ३ वर्षका लागि सम्झौता गरेको छ ।

अनुबन्धसँगै ट्रिपिएर टिमसँगै क्लबको प्रशिक्षणमा सामेल भइसकेका छन् । हाल २८ वर्ष पुगेका ट्रिपिएर टोटनह्याममा ४ वर्ष रहेका थिए ।

एथ्लेटिकोले ट्रिपिएरलाई जुवान फ्रान्को विकल्पका रूपमा भित्र्याएको हो । सन् २०१५ मा इंग्ल्यान्डकै बर्नलीबाट टोटनह्याम पुगेका उनले क्लबका लागि ६९ खेलबाट २ गोल गरेका छन् ।

प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार ०३:४४
Loading...