अफ्रिका कप : ट्युनिसियालाई हराउँदै नाइजेरिया बन्यो तेस्रो टिम

काठमाडौं, साउन २
नाइजेरिया इजिप्टमा जारी अफ्रिका कप अफ् नेसन्स फुटबलको तेस्रो टिम बनेको छ । अफ्रिका महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा नाइजेरियाले गत राति भएको खेलमा ट्युनिसियालाई १–० गोलले हराएर तेस्रो टिम बनेको हो ।

नाइजेरियालाई जिताउन ओडिवन ओघालोले गरेको १ मात्रै गोल निर्णायक बन्यो । उनले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेर नाइजेरियालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयभरि दुवै पक्षबाट गोल हुन नसकेपछि खेल नाइजेरियाले १–० ले जित्यो ।

यसअघि नाइजेरिया सेमिफाइनलमा अल्जेरियासँग २–१ हारेको थियो भने ट्युनिसिया सेनेगलसँग १–० ले पराजित भएको थियो ।
प्रतियोगिताको फाइनल खेल आज राति सेनेगल र अल्जेरियाबीच हुँदैछ ।

प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार ०३:१४
Loading...