यी हुन् सर्वाधिक धेरै ‘म्यान अफ् द म्याच’ जित्ने टप–५ खेलाडी

काठमाडौं, साउन १
अर्जेन्टिनाका लिओनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोबीच विविध कुरामा प्रतिस्पर्धा छ । सन् २००९ बाट प्रत्यक्ष रूपमा प्रतिस्पर्धी भएर खेलाडीका यी दुई खेलाडीबीच उपाधि, गोल संख्यादेखि अन्य कुरामा पनि चर्को प्रतिस्पर्धा छ ।

यस्तो प्रतिस्पर्धा सर्वाधिक धेरै ‘म्यान अफ् दि म्याच’ जित्ने तथ्यांकमा पनि छ । तर, यस विषयमा पनि सन् २००४ देखि हालसम्म स्पेनिस बार्सिलोनाबाट खेलिरहेका मेस्सी निकै अघि छन् ।

मेस्सीपछि विगतमा ९ वर्षसम्म रियल मड्रिडमा रहेका तथा हाल इटालियन युभेन्टसबाट खेलिरहेका रोनाल्डो छन् । तथ्यांकमा हेरौं :

  1. लिओनल मेस्सी – २३९ पटक
  2. क्रिस्टियानो रोनाल्डो – १४० पटक
  3. इडेन हाजार्ड – ९१ पटक
  4. ज्लाटन इब्राहिमोभिक – ८५ पटक
  5. लुइस स्वारेज – ६२ पटक

प्रकाशित मिति १ श्रावण २०७६, बुधबार ०५:३४
Loading...