क्लबहरूको ‘र्‍याङकिङ’ सार्वजनिक : कसको स्थान कहाँ ?

एजेन्सी, असार ३०
विश्व फुटबलका क्लबहरूको पावर र्‍याङकिङ सार्वजनिक भएको छ । अघिल्लो दिन ‘फाइभ थर्टी एट डटकम’ले सार्वजनिक गरेको र्‍याङकिङ अनुसार इंग्लिस क्लब म्यानचेस्टर सिटी सबैभन्दा शीर्ष स्थानमा रहेको छ ।

त्यसपछि दोस्रो स्थानमा जर्मन क्लब बार्यन म्युनिख रहेको छ भने तेस्रो स्थानमा युरोपियन च्याम्पियन क्लब लिभरपुल रहेको छ । चौथोमा स्पेनिस बार्सिलोना रहँदा पाँचौंमा इंग्लिस क्लब चेल्सी रहेको छ ।

त्यसैगरी, फ्रेन्च क्लब पिएसजी छैटौं स्थानमा छ भने स्पेनिस रियल मड्रिड सातौं नम्बरमा छ । स्पेनकै क्लब एथ्लेटिको मड्रिड आठौं स्थानमा छ भने ग्रीसको क्लब ओलम्पियाकोस नवौं स्थानमा छ । टप–१० को पुछारमा डच क्लब आयाक्स रहेको छ ।

यता, युरोपका अन्य ठूला क्लबहरूमा इंग्लिस क्लब टोटनह्याम १२, इटालियन युभेन्टस १५औं स्थानमा छन् भने इंग्लिस क्लब आर्सनल २८औं स्थान तथा म्यानचेस्टर युनाइटेड ३४औं स्थानमा छ ।

प्रकाशित मिति ३० असार २०७६, सोमबार ०९:१९
Loading...