‘भ्रष्टाचारको आरोप लगाउने’ मेस्सीलाई ब्राजिलका राष्ट्रपतिको यस्तो सन्देश

एजेन्सी, असार ३०
हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलमा लिओनल मेस्सीको टिम अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २–० ले पराजित भयो । त्यसपछि तेस्रो स्थानका लागि चिलीसँग भएको खेलमा मेस्सीले रातो कार्ड पाए । अर्जेन्टिनाले सो खेल २–१ ले जिते पनि सो खेलमा चिलीका कप्तान र अर्जेन्टिनाका कप्तानले पाएको रातो कार्ड चर्चाको विषय बन्यो ।

खेलको ३७औं मिनेटमा आपसमा झगडा गरेको आरोमा खेलका रेफ्रीले मेस्सी र चिलीका कप्तान ग्यारी मेडेललाई साझै रातो कार्ड दिएर मैदानाट निकालेका थिए ।

सो खेलपछि अर्जेन्टिनाका मेस्सीले ‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्था भएको’, ‘कोपा ब्राजिललाई जिताउन सेटिङ भएको’ आरोप लागउँदै र ‘आफू भ्रष्टाचारको अंग नबन्ने भन्दै तेस्रो स्थानको मेडेल लिनसमेत अस्वीकार गरेका थिए ।

सोही विषयमा ब्राजिलका राष्ट्रपति जाएर बोल्सोनारोले मेस्सीको विषयमा प्रतिक्रिया दिएका छन् । उनले सार्वजनिक रूपमै मेस्सीलाई एक सन्देश दिँदै मेस्सीको आरोपबारे बोलेका हुन् ।

‘मेस्सीले जे भने त्यो एक फुटबल खेलडीका रूपमा बोलेका होलान् । यो जित्न नसक्दाको पीडा हो, यस्तो सबैलाई हुन्छ,’ बोल्सोनारोले भने ।

उनले अघि थपे, ‘तर, उनीहरूले निकै राम्रो खेलेका थिए । मेस्सी एक अद्भुत खेलाडी हुन् । उनीजस्ता खेलाडी हारमा सम्हालिनुपर्छ । बाँकी उनको आरोप सही–गलत के हो भन्ने विषयमा सम्बन्धित निकायले हेर्ला ।’

प्रकाशित मिति ३० असार २०७६, सोमबार ०४:४८
Loading...