no-image

एजेन्सी, असार २९
स्पेनिस रियल मड्रिडका नयाँ स्टार खेलाडी इडेन हाजार्डले २३ नम्बर जर्सी लगाउने भएका छन् । रियलमा १० नम्बर जर्सी नपाएपछि बेल्जियन खेलाडीले विकल्पमा २३ नम्बर जर्सी लगाउने भएका हुन् ।

रियलमा १० नम्बर जर्सी लुका मोड्रिकले लगाउँछन् । हाजार्डले लुकासँग सो जर्सी मागे पनि लुकाले नदिएपछि उनले अर्को विकल्प रोज्नु परेको हो । जसमा उनले रियलका पूर्वस्टार खेलाडी डेभिड ब्याकहमले लगाएको २३ नम्बर रोजेका हुन् ।

यसअघि हाजार्डले पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले लगाएको ७ नम्बर जर्सी लगाउने चर्चा थियो । तर, हाजार्डले रोनाल्डोको जर्सी रोजेनन् । सो जर्सी अहिले रियलमा डियाज मारिआनोले लगाउँछन् ।

इंग्लिस क्लब चेल्सीबाट १०० मिलियन युरोमा रियल पुगेका हाजार्डले चेल्सी र राष्ट्रिय टोली बेल्जियमा पनि १० नम्बर जर्सी नै लगाउँथे । तर, अब रियलको सेतो जर्सीमा भने उनलाई २३ नम्बर जर्सीमा देख्न पाइनेछ ।

प्रकाशित मिति २९ असार २०७६, आईतवार १५:०२
Loading...