चोटका दिन सकिए, म १०० प्रतिशत फिट छु ः नेइमार
एजेन्सी, असार २९
करिब दुई महिनादेखि चोटसँग जुधिरहेका ब्राजिलियन स्टार फरवार्ड नेइमारले आफू चोटग्रस्त भएको बताएका छन् । उनले हालै सामाजिक सन्जालबाट सन्देश लेख्दै अब आफ्ना चोटका दिन सकिएको बताएका छन् ।
नेइमार गत जुन महिनामा कोपा अमेरिकाअघि कतारसँगको मैत्रीपूर्ण खेल दौरान चोटग्रस्त भएका थिए । चोटका कारण उनी कोपा खेल्ने ब्राजिलको टोलीबाहिर भएका थिए ।
करिब सात हप्तापछि नेइमार मैदान फर्किन फिट भएका हुन् । उनी आफैंले आफू चोटमुक्त भएको पुष्टि गरेका छन् । सामाजिक सन्जालमा एक तस्बिर पोस्ट गर्दै नेइमारले आफू चाँडै मैदान फर्किने पनि बताएका छन् ।
उनले लेखेका छन्– ‘चोटपछि अब म १०० प्रतिशत फिट छु । अब मैदान फर्किन मात्रै बाँकी छ ।’
उनले सोही पोस्टमा आफ्ना लागि सधैं परिवार र साथीभाइ मुख्य कुरा हुने पनि उल्लेख गरेका छन् । ‘मेरा लागि सधैं सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको साथीभाइ र परिवार हुन्,’ उनले लेखेका छन् ।
यतिबेला नेइमारले पिएसजी छाड्न चाहेको चर्चा चुलीमा छ । उनी पूर्वक्लब बार्सिलोना फर्किन इच्छुक देखिए पनि पिएसजीले उनलाई सजिलै छाड्ने संकेत देखिएको छैन ।
प्रकाशित मिति २९ असार २०७६, आईतवार ११:३८