युभेन्टसमा डि लिग्टको मेडिकल बुधबार हुने !

एजेन्सी, असार २९
इटालियन क्लब युभेन्टस र डच क्लब आयाक्सबीच युवा डिफेन्डर माथिस डि लिग्टको सरुवाका लागि डिल फाइनल भएको छ । तर, हालसम्म क्लबले औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

इटालियन मिडियाका अनुसार युभेन्टस १९ वर्षीय डच युवा डिफेन्डरका लागि ७० मिलियन युरो आयाक्सलाई तिर्न राजी भएको छ । यसअघि युभेन्टसले ६५ मिलियनको प्रस्ताव गरे पनि आयाक्स नमानेपछि दुई क्लबबीच डिल फाइनल हुन सकेको थिएन ।

तर, युभेन्टसले यो समयका स्टार युवा डिफेन्डरका लागि ७० मिलियन तिर्न राजी भएपछि दुई क्लब खेलाडी किनबेचका लागि सहमतिमा पुगेका हुन् । मिडिया रिपोर्टअनुसार सोमबार दुवै क्लबले खेलाडी किनबेचको औपचारिक घोषणा गर्नेछन् ।

यता, युभेन्टसले डि लिग्टका लागि मंगलबार मेडिकल जाँच गर्दै औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेको छ । युभेन्टसले मेडिकल सकेर डि लिग्टलाई प्रि–सिजन टोलीमै समावेश गराउन चाहेको छ ।

प्रकाशित मिति २९ असार २०७६, आईतवार ११:३०
Loading...