रोड्रिग्वेजलाई एथ्लेटिको मड्रिडले भित्र्याउने !

एजेन्सी, असार २८
स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी हामेस रोड्रिग्वेज लिग प्रतिस्पर्धी ब्लब एथ्लेटिको मड्रिड जाने सम्भावना बढेको छ । पछिल्ला स्पेनिस मिडिया रिपोर्टअनुसार कोलम्बियन स्टार खेलाडीलाई एथ्लेटिको आकस्मिक अनुबन्धका रूपमा भित्र्याउन लागेको हो ।

रोड्रिग्वेज २ वर्षअघि जर्मन क्लब बार्यन म्युनिख लोनमा गएका थिए । उनी लोन अवधि सकेर रियल फर्किएका छन् । तर, रियलका प्रशिक्षक जिनेदिन जिदान कोलम्बियन खेलाडीलाई आगामी सिजन आफ्नो योजनामा राख्ने योजनामा छैनन् ।

यही अवस्था बुझेको इटालियन क्लब नापोलीले रोड्रिग्वेजलाई भित्र्याउन प्रयास गरे पनि रियलले रोड्रिग्वेजका लागि महँगो मूल्य माग गरेको भन्दै नापोली पछि हटेको छ । यसैबेला ला लिगा क्लब एथ्लेटिको उनलाई अनुबन्ध गर्न अघि बढेको हो ।

रियलले पनि आफ्ना सन् २०१४ मा अनुबन्ध भएका महत्त्वकांक्षी खेलाडीलाई इटालीभन्दा एथ्लेटिकोलाई बेच्न चाहेपछि रोड्रिग्वेजका लागि इटालीको सरुवा कठिन बनेको हे । यसअघि रोड्रिग्वेज नापोली सर्ने करिब पक्काजस्तै भएको रिपोर्ट आएको थियो ।

प्रकाशित मिति २९ असार २०७६, आईतवार ०९:३६
Loading...