अफ्रिका कप : आज सेमिफाइनलका दुई खेल हुँदै

काठमाडौं, असार २९
इजिप्टमा जारी अफ्रिका कप अफ् नेसन्स फुटबलमा आज रातिबाट सेमिफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो खेलमा साडियो मानेको टिम सेनेगल र ट्युनिसिया भिड्दैछन् । खेल नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि क्वार्टरफाइनलमा भएको खेलमा सेनेगलले बेनिनलाई १–० ले हराएर सेमिफाइनलमा स्थान बनाउँदा ट्युनिसियाले पेनाल्टीमा घानालाई ५–४ ले हराएर सेमिमा स्थान बनाएको थियो ।

दोस्रो सेमिफाइनल खेल पनि आजै राति हुनेछ । सो खेलमा अल्जेरिया र नाइजेरिया खेल्दैछन् । यो खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ । यसअघि अन्तिम आठमा अल्जेरियाले आयभरी कोस्टलाई पेनाल्टीमा ४–३ ले हराएको थियो भने नाइजेरियाले साउथ अफ्रिकालाई २–१ ले हराएको थियो ।

प्रकाशित मिति २९ असार २०७६, आईतवार ०४:५८
Loading...