डि लिग्ट आयाक्सको प्रशिक्षणमा अनुपस्थित, युभेन्टस जाने पक्का !

एजेन्सी, असार २८
डच क्लब आयाक्सका युवा डिफेन्डर तथा कप्तान माथिस डि लिग्ट क्लबको प्रशिक्षणमा अनुपस्थित भएका छन् । आजबाट आयाक्सले प्रि–सिजनअन्तर्गत तालिम सुरु गरे पनि डि लिग्ट टोलीमा छैनन् ।

डच डिफेन्डर यसै समरमा इटालियन क्लब युभेन्टस सर्न सक्ने प्रबल सम्भावना रहेकाले उनी क्लबको तालिममा अनुपस्थित भएको बताइएको छ । युभेन्टसले यसै साता डि लिग्ट अनुबन्धको घोषणा गर्ने तयारी गरेको छ ।

यसअघि डि लिग्टका लागि स्पेनिस क्लब बार्सिलोनाले पनि भरपुर प्रयास गरेको थियो । तर, डि लिग्ट स्वयंले बार्सिलोनाको अफर इन्कार गरेपछि युभेन्टसले उनलाई भित्र्याउन प्रयास गरेको हो ।

अहिले युभेन्टसले डि लिग्ट भित्र्याउन आयाक्ससँग छलफल गरिरहेको छ । उसले १९ वर्षीय युवा खेलाडीका लागि ७० देखि ७५ मिलियन पाउन्डसम्म खर्चने तयारी गरेको छ ।

प्रकाशित मिति २८ असार २०७६, शनिबार १२:४३
Loading...