प्रि–सिजनका लागि रोनाल्डो टोलीमा फर्किए

एजेन्सी, असार २८
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रि–सिजनका लागि क्लबमा फर्किएका छन् । युइएफए नेसन्स लिगको फाइनल खेलपछि बिदामा रहेका रोनाल्डो आजबाट टोलीमा फर्किएका हुन् ।

रोनाल्डोसँगै फ्रेन्च मिडिफिल्डर ब्लासी माटुइडी पनि टोलीमा फर्किएका छन् । बिदापछि क्लब फर्किएका रोनाल्डो र माटुइडी दुवै आज मेडिकल जाँचपछि टोलीमा सहभागी भएका छन् । युभेन्टसले अब नयाँ प्रशिक्षक सार्रीको नेतृत्वमा प्रि–सिजन टुरको तयारी थाल्नेछ ।

३४ वर्षीय रोनाल्डो गत वर्ष स्पेनिस रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएक थिए । पहिलो सिजन उनले कूल २८ गोल गर्दै १२ गोलका लागि असिस्ट गरेका थिए । पहिलो सिजन उनले युभेन्टसबाट सुपर कोपा इटालिया र सिरी ‘ए’ गरी दुई उपाधि जिते ।

प्रकाशित मिति २८ असार २०७६, शनिबार ११:४२
Loading...