नेइमारसँग साट्न यी चार ‘स्टार’ खेलाडी अफर गर्दै बार्सिलोना !

एजेन्सी, असार २८
फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यान अनुबन्ध गरेको स्पेनिस बार्सिलोना अब आफ्न पूर्वस्टार ब्राजिलियन नेइमार अनुबन्ध गर्न लागिपरेको छ । अझै पनि उसले सहज अवस्थाबाट नेइमारलाई क्याम्प नोउ फर्काउन चाहन्छ ।

तर, बार्सिलोना नेइमारका लागि रकम नभएर खेलाडी दिन चाहन्छ । अर्थात्, नेइमार फर्काउन आवश्यक मूल्य बराबरको मूल्यांकनमा बार्सिलोनाले आफ्ना खेलाडी दिने तयारी गरेको छ । यस्तो रिपोर्ट स्पेनिस मिडियाले प्रमुखतासाथ छापेका छन् ।

बार्सिलोनाले २ वर्षअघि मात्रै विश्वकीर्तिमानी २२२ मिलियन युरोमा नेइमारलाई पिएसजीमा बेचेको थियो । तर, नेइमार यसै समरमा क्लब छाड्ने तयारीमा छन् ।

रिपोर्टअनुसार बार्सिलोनाले आफ्ना पूर्वस्टार फरवार्डलाई पुनः फर्काउन पिएसजीसँग आफ्ना ४ जना खेलाडीको ‘लिस्ट’ दिनेछ, त्यसबाट पिएसजीले ३ जना खेलाडी रोज्न पाउनेछ । जसमा ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो, फ्रेन्च विंगर उसामान डेम्बेले, पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडो र फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी रहेका छन् ।

यदि पिएसजी बार्सिलोनाको प्रस्तावमा राजी उसले ४ मध्येबाट ३ जना खेलाडी लिएर नेइमार बार्सिलोनालाई फर्काउनुपर्नेछ ।

त्यत्ति मात्रै हैन, माथिका ४ जना खेलाडीमध्ये ३ जना खेलाडी दिएर बार्सिलोनाले पिएसजीलाई केही सरुवा फी समेत तिर्न तयार देखिन्छ ।

प्रकाशित मिति २८ असार २०७६, शनिबार ०६:५८
Loading...