महिला फुटबल : फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो

काठमाडौं, असार २७
फुटबलको सर्वोच्च संस्था फिफाले महिलातर्फको नयाँ वरीयता जारी गरेको छ । जसमा नेपालले दुई स्थान सुधार गरेको छ । शुक्रबार सार्वजनिक नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १०१औं स्थानमा चढेको छ । नेपाल यसअघि १०३औं स्थानमा थियो ।

यसअघिको वरीयतामा पनि नेपालले ५ स्थान सुधार गर्दै १०३औं स्थानमा चढेको थियो । यता, एसियाली वरीयतामा भने नोपल २१औं स्थानमा मात्रै छ । दक्षिण एसियाको सूचीमा भने नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत छ । ऊ सग्रमा ५७औं स्थानमा छ ।

त्यस्तै, दक्षिण एसियाबाट बंगलादेश १३०औं, श्रीलंका १३६औं, माल्दिभ्स १३९औं स्थानमा हुँदा भुटान १५४औं स्थानमा छ ।

समग्रमा वरीयताको शीर्ष स्थानमा भने हालै फ्रान्समा विश्वकप जितेको अमेरिका छ भने दोस्रोमा जर्मनी तथा तेस्रोमा नेदरल्यान्ड्स रहेको छ ।

प्रकाशित मिति July 12, 2019
Loading...