बार्सिलोनाले भित्र्यायो नयाँ जापानी खेलाडी

एजेन्सी, असार २७
स्पेनिस क्लब बार्सिलोनाले नयाँ खेलाडी अनुबन्ध गरेको छ । उसले जापानी क्लब कासिमा एन्टलर्सबाट मिडफिल्डर हिरोकी अबेलाई भित्र्याएको हो । २० वर्षीय खेलाडीका लागि बार्सिलोनाले कासिमालाई मात्रै २ मिलियन युरो सरुवा शुल्क तिरेको छ ।

जापानको राष्ट्रिय टिमका सदस्य अबे व्यक्तिगत रूपमा बार्सिलोना सर्न राजी भएपछि दुई क्लबबीच सम्झौता बनेको हो । क्लब कासिमाले आफ्ना खेलाडी बार्सिलोना सर्ने पुष्टि गरेको छ ।

अबेले भर्खरै ब्राजिलमा सकिएको कोपा अमेरिकामा उनी तीन खेलमा सहभागी थिए । यता, कासिमाका लागि उनले लिगमा कूल ४८ खेल खेल्दै ४ गोल गरेका छन् । उनले सन् २०१८ मा ‘योङ प्लेयर अफ् द अवार्ड’ समेत जितेका थिए ।

द्रुत गतिका खेलाडी अबेलाई बार्सिलोनाले नयाँ सिजनमा पहिलो टिममै राखेर खेलाउने तयारी गरेको छ । उनलाई बार्सिलोनाको मिडफिल्ड सम्हाल्ने भावी स्टार खेलाडीका रूपमा हेरिएको छ ।

प्रकाशित मिति २७ असार २०७६, शुक्रबार १२:२७
Loading...