बार्सिलोनाद्वारा ग्रीजम्यान अनुबन्धको घोषणा : सार्वजनिक कहिले ?

एजेन्सी, असार २७
अन्ततः स्पेनिस क्लब बार्सिलोनाले लामो रस्साकस्सीपछि फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यान भित्र्याएको छ । उसले आज लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडका २८ वर्षीय फ्रेन्च स्टार फरवार्डलाई अफिसियल रूपमा भित्र्याएको घोषणा हो ।

गत सिजन सकिनुअगावै विश्वकपविजेता खेलाडी ग्रीजम्यानले ‘नयाँ चुनौतीका लागि’ भन्दै क्लब छाड्ने घोषणा गरेका थिए । त्यसपछि अनेक उत्तारचढावबीच बार्सिलोना भित्र्याउन सफल भएको हो ।

बार्सिलानोले एथ्लेटिकोलाई उनको रिलिज क्लज १२० मिलियन युरो तिरेपछि ग्रीजम्यान क्याम्प नोउ उत्रिने टुंगो लागेको हो । यसअघि बार्सिलोनाले ग्रीजम्यानका लागि २०० मिलियन रिलिज क्लज तोकेको थियो । तर, उसले त्यसलाई घटाएर १२० मिलियन कायम गरेको रिपोर्ट बाहिरिएको थियो ।

आज ग्रीजम्यानका एजेन्टले उनको रिलिज क्लजबापतको १२० मिलियन युरो ला लिगाको केन्द्रीय कार्यालयमा जम्मा गरेसँगै ग्रीजम्यानको सरुवा प्रक्रिया अघि बढेको थियो । अनुबन्धको घोषणासँगै बार्सिलोनाले उनलाई सार्वजनिक गर्ने कार्यक्रम पनि तय भएको छ :

शनिबार – बार्सिलोनाको कार्यालयमा पहिलो चरणको फोटो सुट ।

आइतबार – क्याम्प नोउमा औपचारिक रूपमा सार्वजनिक गर्ने ।

सोमबार – बार्सिलोनाको नयाँ टिमसँग प्रशिक्षण क्याम्पमा सहभागी ।

प्रकाशित मिति २७ असार २०७६, शुक्रबार १३:४३
Loading...