रियल मड्रिडले पोग्बा भित्र्याउन नसक्ने यी तीन कारण

एजेन्सी, असार २७
स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्बा भित्र्याउने सम्भावना करिब–करिब कठिन बनेको छ । समर सिजन सकिन लाग्दै गर्दा फ्रेन्च खेलाडी स्पेन पुग्ने सम्भावा कमजोर बन्दै गएको हो ।

यसअघि फ्रेन्च कोच जिनेदिन जिदानको योजनामा रियलले पोग्बा भित्र्याउन कसरत थाले पनि पोग्बाको महँगो मूल्य रियलका लागि टाउको दुखाइ बन्ने देखिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार रियलले पोग्बा भित्र्याउन मुख्य रूपमा तीन समस्या देखिएका छन् :

१) म्यानचेस्टर युनाइटेड पोग्बालाई बिक्री गर्न चाहँदैन ।

२) युनाइटेडले पोग्बाका लागि निकै महँगो न्यूनतम् १८० मिलियन तोकेको छ ।

३) रियलको प्राथमिकता यतिबेला नयाँ खेलाडी अनुबन्ध भन्दा पनि खेलाडी बेच्नु हो ।

पोग्बा भित्र्याउन रियलका लागि कठिन बन्दै गएपछि अब इटालियन क्लब युभेन्टसका लागि बाटो खुला भएको छ । पोग्बा युभेन्टसका पूर्वखेलाडीसमेत हुन् । तर, युनाइटेडका लागि पनि पोग्बाको महँगो मूल्य सहज भने हुने देखिँदैन ।

प्रकाशित मिति २७ असार २०७६, शुक्रबार १०:१५
Loading...