‘सर्वाधिक महँगा सेलिब्रेटी’को सूची सार्वजनिक : मेस्सी र रोनाल्डोको स्थान कहाँ ?

एजेन्सी, असार २६
चर्चित म्यागजिन ‘फोर्ब्स’ले सन् २०१९ का सर्वाधिक महँगा सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ । आज उसले १०० सेलिब्रेटीको सूची सार्वजनिक गरेको हो । सार्वजनिक सूचीमध्ये टप–१० मा ४ जना खेलकुद विधाबाट परेका छन् । ३ जना फुटबलर हुन् ।

जसमा खेलकुद तर्फबाट स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनी लिओनल मेस्सी सबैभन्दा शीर्ष स्थान तथा समग्रमा चौथो स्थानमा छन् । त्यसपछि इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छैटौं स्थानमा छन् भने फ्रेन्च क्लब पिएसजी तथा ब्राजिलियन नेइमार सातौं स्थानमा छन् ।

विश्वकै सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीहरूको चौथोमा रहेका मेस्सीको आम्दानी कूल १२७ मिलियन अमेरिकन डलर रहेको छ । त्यसपछि रोनाल्डोको १०९ मिलियन डलर छ । रोनाल्डोको आम्दानी मेस्सीको भन्दा १८ मिलियन कमी छ । त्यस्तै, सूचीको सातौं नम्बरमा रहेका नेइमारको आम्दानी कूल १०५ मिलियन डलर छ ।

यस्तो छ टप–१० सेलिब्रेटीको सूची (रकम अमेरिकन डलर) :

  1. टायलोर स्विफ्ट – वर्ष २९ – १८५ मिलियन (संगीतकर्मी)
  2. केलाई जिनर – वर्ष २१ – १७० मिलियन (व्यक्तित्व)
  3. काने वेस्ट – वर्ष ४२ – १५० मिलियन (संगीतकर्मी)
  4. लिओनल मेस्सी – वर्ष ३२ – १२७ मिलियन (खेलाडी)
  5. इड सिरन – वर्ष २८ – ११० मिलियन (संगीतकर्मी)
  6. क्रिस्टियानो रोनाल्डो – वर्ष ३४ – १०९ मिलियन (खेलाडी)
  7. नेइमार – वर्ष २७ – १०५ मिलियन (खेलाडी)
  8. द इग्लेस – वर्ष – १०० मिलियन (संगीतकर्मी)
  9. डा. फिल म्याग्र – वर्ष ६८ – ९५ मिलियन (व्यक्तित्व)
  10. कानेलो अल्भारेस – वर्ष २८ – ९४ मिलियन (खेलाडी)

प्रकाशित मिति २६ असार २०७६, बिहीबार १५:३६
Loading...