लिभरपुल रियलका एसेन्सियो भित्र्याउन सक्रिय, मूल्य कति ?

एजेन्सी, असार २६
युरोपियन च्याम्पियन इंग्लिस टिम लिभरपुल स्पेनिस रियल मड्रिडका युवा खेलाडी मार्को एसेन्सियो भित्र्याउन सक्रिय भएको छ । उसले आगामी सिजनका लागि २३ वर्षीय अट्याकिङ युवा खेलाडीलाई एनफिल्डमा उतार्न सक्रियता बढाएको हो ।

यता, रियलमा पनि आगामी सिजन एसेन्सियो जिनेदिन जिदानको योजनामा पर्ने सम्भावना कम छ । इडेन हाजार्ड र लुका जोभिकको अनुबन्धपछि रियलले उचित मूल्यमा केही प्रमुख खेलाडी बेच्ने तयारी गरेको छ, जसमा एक एसेन्सियो पनि हुन् ।

यसअघि रियलले भने लिभरपुलबाट सेनेगलका खेलाडी साडियो माने अनुबन्ध गरेर एसेन्सियोसहित केही रकम दिने गरी अफर गरेको खबर बाहिरिए पनि लिभरपुल माने बेच्ने पक्षमा देखिँदैन । बरु, उसले रियलबाट द्रुत गतिका खेलाडी एसेन्सियालाई अनुबन्ध गर्न चाहेको छ ।

यसअघि जिदान रियलमा छँदा उनी प्रमुख खेलाडीका रूपमा रहे पनि गत सिजन उनले पर्याप्त समय पाएनन् । तर, जिदान फेरि रियलको प्रशिक्षक बनेर फर्किए पनि बेर्नाबेउमा एसेन्सियोका लागि मैदानमा अब समय पाउन कठिन छ ।

लिभरपुलले रियललसँग ६७ मिलियन पाउन्ड रकमको अफर गरेको इंग्लिस मिडियाले जनाएका छन् । तर, रियल आफ्ना स्टार युवा खेलाडीलाई ८० मिलियन पाउन्डभन्दा कममा बेच्न तयार देखिँदैन ।

प्रकाशित मिति २६ असार २०७६, बिहीबार ०४:५७
Loading...