अफ्रिका कप : आजबाट क्वार्टरफाइनलका खेल हुँदै

काठमाडौं, असार २५
अफ्रिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता ‘अफ्रिका कप अफन नेसन्स’मा आज रातिबाट अन्तिम आठमा खेल सुरु हुँदैछन् । आज दुई खेल हुन गइरहेका छन् ।

आज हुने पहिलो खेलमा साडियो मानेको टिम सेनेगल र बेनिन खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुँदैछ । यसअघि अन्तिम १६ मा सेनेगलले युगान्डालाई १–० ले हराएको थियो भने बेनिनले मोरक्कोलाई पेनाल्टीमा ४–१ ले हराएको थियो ।

आज हुने दोस्रो खेलमा नाइजेरिया र साउथ अफ्रिका खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुँदैछ । यसअघि अन्तिम १६ मा नाइजेरियाले क्यामरुनलाई ३–२ ले हराएको थियो भने साउथ अफ्रिकाले मोहमद सालाहको टिम इजिप्टलाई १–० ले हराएको थियो ।

प्रकाशित मिति २५ असार २०७६, बुधबार ०९:१७
Loading...