यी खेलाडी जसले रोनाल्डोको सम्मानमा जर्सी फेरे !

एजेन्सी, असार २५
पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आफ्नो जीवनका आदर्श मान्ने व्यक्ति संसारमा थुप्रै छन् । तीमध्येएका एक हुन्– अमेरिकन बास्केटबल खेलाडी केभिन डुरान्ट । हाल ३० वर्ष पुगेका यी चर्चित खेलाडीले आफूले लगाउँदै आएको जर्सी बदल्ने घोषणा गरेका छन् ।

हालै मात्र चर्चित बास्केटबल खेलाडी डुरान्टले आफूले रोनाल्डोको सम्मानमा लगाउँदै आएको जर्सी छाडेर ७ नम्बर जर्सी लगाउने बताए । यसअघि उनले ३५ नम्बर जर्सी लगाउँथे ।

‘क्रिस्टियानो रोनाल्डो जो मैले देखेमध्येका सबैभन्दा महान् खेलाडी हुन्, मैले आफ्नो ३५ नम्बर जर्सी त्यागेर उनको सम्मानमा उनले लगाउने ७ नम्बर जर्सी लगाउने निर्णय गरेको हुँ,’ डुरान्टले भनेका छन् ।

यससँगै डुरान्टेले आफ्नो करिअर दौरान पहिलोपटक आफ्नो जर्सी बदलेका छन् । उनले सामाजिक सन्जाल इन्स्टाग्रामबाट पनि यो घोषणा गरेका छन् कि, अब बाँकी करिअरमा उनले सधैं ७ नम्बर जर्सी नै लगाउनेछन् ।

डुरान्ट पाँचपटकक बालोन डि‘ओर विजेता खेलाडी रोनाल्डोका ठूला फ्यान हुन् । केही समयअघि पनि उनले एक अन्तर्वार्तामा बोल्दै ‘रोनाल्डो आधुनिक फुटबलका सर्वाधिक महान् खेलाडी’ भनेर तारिफ गरेका थिए ।

प्रकाशित मिति २५ असार २०७६, बुधबार ०२:३४
Loading...