एजेन्सी, असार २३
अन्तर्राष्ट्रिय प्रतियोगिता सकिँदै गएपछि अब नयाँ सिजन २०१९–२० तर्फ ध्यान केन्द्रित हुन थालेको छ । सबैजसो क्लबले नयाँ सिजनका लागि तयारी थालेका छन् । अन्तर्राष्ट्रिय ड्युटी सकिएका तथा बिदामा रहेका खेलाडी धमाधम क्लबमा फर्किन थालेका छन् ।
स्पेनिस बार्सिलोनाले पनि नयाँ सिजनको तयारी थालेको छ । बार्सिलोनाका केही प्रमुख खेलाडीहरू क्याम्प नोउ फर्किसकेका छन् । बाँकी फर्किनेक्रममा छन् । बार्सिलोनाले नयाँ सिजनअघि कूल पाँच मैत्रीपूर्ण खेल खेल्दैछ । बार्सिलोनाले पहिलो खेल जुलाई २३ मा खेलेर अन्तिम खेल अगस्ट १० मा खेल्दैछ ।
बार्सिलोनाका प्रि–सिजन टुरका खेल :
- बार्सिलोना भर्सेस चेल्सी (जुलाई २३)
- भिसाल कोबे भर्सेस बार्सिलोना (जुलाई २७)
- बार्सिलोना भर्सेस आर्सनल (अगस्ट ४)
- नापोली भर्सेस बार्सिलोना (अगस्ट ७)
- बार्सिलोना भर्सेस नापोली (अगस्ट १०)
बार्सिलोनाले नयाँ सिजन २०१९–२० को पहिलो पहिलो खेल अगस्ट १८ मा ला लिगामा खेल्दैछ । उसले लिगको पहिलो खेल एथ्लेटिको बिल्बाओसँग अवे मैदानमा खेल्दैछ ।
प्रकाशित मिति २३ असार २०७६, सोमबार १६:०६