कोपाको व्यक्तिगत अवार्डमा ब्राजिलका खेलाडीको बर्चस्व

काठमाडौं, असार २३
४६औं संस्करणको कोपा अमेरिका फुटबल गत राति ब्राजिलमा सकियो । फाइनल खेलमा पेरूलाई ३–१ ले हराउँदै ब्राजिल १२ वर्षपछि कोपाको च्याम्पियन बन्यो । उपाधि जितेको ब्राजिलले खेलाडीको व्यक्तिगत अवार्डमा पनि बर्चस्व बनायो ।

विभिन्न चार विधामा दिइने पुरस्कारका सबै विधामा ब्राजिलका खेलाडीले जिते । सर्वाधिक गोलकर्तामा भने ब्राजिलका खेलाडीसँगै फाइनलमा पराजित पेरूका एक खेलाडीसमेत परे ।

कसले कुन अवार्ड जिते ?

  • उत्कृष्ट खेलाडीको अवार्ड – ड्यानी आल्भेस (ब्राजिल)
  • उत्कृष्ट गोलरक्षकको अवार्ड – एलिसन बेकर (ब्राजिल)
  • उत्कृष्ट युवा खेलाडी – एभर्टन सोआरेज (ब्राजिल)
  • सर्वाधिक गोलकर्ता – एभर्टन सोआरेव (ब्राजिल) र पाउलो गुरेरो (पेरु) – ३ गोल

प्रकाशित मिति २३ असार २०७६, सोमबार ०२:३८
Loading...