कोपाको गोल्डेन बुटको दौडमा ५ जना : कसले मार्ला बाजी ?

काठमाडौं, असार २२
ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका फुटबलमा आज राति १ः४५ बजेबाट फाइनल खेल हुँदैछ । उपाधिका लागि आयोजक ब्राजिल र पेरू भिड्दा सोही खेलबाट गोल्डेन बुटको समेत छिनोफानो हुनेछ ।

प्रतियोगिताभरि सर्वाधिक धेरै गोलकर्ता खेलाडीले पाउने गाल्डेन बुटमा फाइनल खेल बाँकी छँदासम्म ५ जना खेलाडी मुख्य दौडमा छन् । ५ जनै फाइनल खेल्न लागेका ब्राजिल र पेरूका हुन् । जसमा ब्राजिलका ३ जना र पेरूका २ जना छन् ।

  1. रोवर्ट फर्मिन्हो (ब्राजिल) – २ गोल
  2. फिलिप कोउटिन्हो (ब्राजिल) – २ गोल
  3. एभर्टन (ब्राजिल) – २ गोल
  4. इडिसन फ्लारेस (पेरू) – २ गोल
  5. पाओलो गुरेरियो (पेरू) – २ गोल

यी ५ जनामध्ये जो कोहीसँग पनि आज रातिको खेलमा गोल गरेर गोल्डेन बुट जित्ने अवसर छ । सबैको समान गोल भएकाले आज राति समान गोल भएकामध्ये जसले बढी गोल गर्छ, उसैले गोल्डेन बुट जित्नेछ ।

प्रकाशित मिति २२ असार २०७६, आईतवार १४:०५
Loading...