रियल मड्रिडको प्रि–सिजन खेल तालिका सार्वजनिक : कुन खेल कहिले ?

एजेन्सी, असार २१
स्पेनिस क्लब रियल मड्रिडले सिजन २०१९–२० सुरु हुनुअघि खेल्ने प्रि–सिजन टुरअन्तर्गतका सबै खेल तालिका टुंगो लागेको छ । रियलले फ्रेन्च कोच जिनेदिन जिदानको नेतृत्वमा आगामी सिजनलाई भव्य बनाउने गरी अनुबन्ध गरेका केही स्टार खेलाडीका साथ प्रि–सिजनको तयारी थालेको छ ।

जसमा रियलले नयाँ सिजन सुरु हुनुअघि प्रि–सिजन टुरअन्तर्गत कूल ५ खेल खेल्दैछ । जसमा इंग्लिस क्लब टोटनह्यामदेखि लिग प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग पनि उसले मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । रियलले पहिलो खेल जुलाई २१ तारिखमा जर्मन क्लब बार्यन म्युनिखसँग खेल्नेछ भने अन्तिम खेल जुलाई ३१ मा आउदी कपमा बार्यन म्युनिखसँगै खेलनेछ ।

यस्तो छ खेल तालिका :

जुलाई २१ – बार्यन म्युनिखविरुद्ध– इन्टरनेसनल च्याम्पियन कप

जुलाई २४ – आर्सनलविरुद्ध – इन्टरनेसनल च्याम्पियन्स कप

जुलाई २७ – एथ्लेटिको मड्रिडविरुद्ध – इन्टरनेसनल च्याम्पियन्स कप

जुलाई ३० – टोटनह्यामविरुद्ध – आउदी कप सेमिफाइनल

जुलाई ३१ – आउदी कपअन्तर्गत फाइनल अथवा तेस्रो स्थानका लागि –फेनरबेक वा बार्यन म्युनिखविरुद्ध

प्रि सिजन खेल सकिएपछि रियल मड्रिडले नयाँ सिजनको पहिलो खेल अगस्ट १८ तारिखमा सेल्टा भिगोसँग खेल्ने तालिका छ । उसले सिजनको सुरुआत घरेलु लिग ला लिगाबाट थालनी गर्नेछ ।

प्रकाशित मिति २१ असार २०७६, शनिबार १५:०८
Loading...