मोराटा अब स्थायी रूपमै एथ्लेटिकोका खेलाडी

एजेन्सी, असार २१
इंग्लिस क्लब चेल्सीले लोनमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड पठाइएका फरवार्ड अल्भारो मोराटालाई स्थायी रूपमै बेचेको छ । आज उसले अफिसियल रूपमा मोराटा अब स्थायी रूपमा मड्रिडका खेलाडी हुने पुष्टि गरेको हो । यसअघि गत जनवरी सिजनमा मोराटा चेल्सीबाट लोनमा एथ्लेटिको पुगेका थिए ।

२६ वर्षीय स्पेनिस फरवार्ड मोराटा सन् २०१७ मा रियल मड्रिडबाट चेल्सी पुगेका थिए । मोराटाले चेल्सीका लागि कूल ७२ खेल खेल्दै २४ गोल गरेका थिए । चेल्सीका लागि उनले बेन्चबाट मैदान पसेर डेब्यु खेलमै गोल गरेका थिए । तर, चेल्सीमा पहिलो रोजाइमा पर्न नसक्दा उनी लोनमा एथलेटिको पुगेका थिए, जुन उनको पूर्वक्लब पनि हो ।

मोराटाले अब सिजन २०१९/२० एथ्लेटिकोमा लोन खेलाडीकै रूपमा बिताउनेछन् भने सिजन २०२०/२१ देखि उनी स्थायनी रूपमै मड्रिडका खेलाडी हुनेछन् । यसअघि उनी चेल्सीबाट सिजन २०१९÷२० सम्मका लागि मात्रै एथ्लेटिकोमा लोनमा अनुबन्ध भएका थिए ।

प्रकाशित मिति २१ असार २०७६, शनिबार १२:१७
Loading...