रियल मड्रिडका लेफ्ट ब्याक सेभिल्लामा

एजेन्सी, असार २०
स्पेनिस क्लब रियल मड्रिडका युवा खेलाडी लेफ्ट ब्याक सर्जियो रेगुइलोन लिग प्रतिस्पर्धी क्ल सेभिल्लामा अनुबन्ध भएका छन् । रियलले युवा खेलाडीलाई एक सिजनका लागि लिग प्रतिस्पर्धी क्लबमा पठाएको हो । २२ वर्षीय रेगुइलोनले सेभिल्लासँग सन् २०२० को जुलाई ३० सम्म सम्झौता गरेका छन् ।
सेभिल्लाले आज औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै रियलका खेलाडी लोनमा अनुबन्ध गरेको पुष्टि गरेको हो । स्पेनिस खेलाडी रेगुइलोन रियलमा सुरुआती टोलीमा पर्न नसकेपछि निराश हुँदै आएका थिए ।

सिजन २०१८/१९ मा उनले सुरुआती टोलीमा स्थान बनाउन ब्राजिलियन मार्सेलोसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । तर, यसै समरमा रियलले फ्रेन्च क्लब लियोनबाट फ्रेन्च लेफ्ट ब्याक फोर्लान् मेन्डी अनुबन्ध गरेपछि रेगुइलोन अझै खतरामा परेका थिए । रियलमा अहिले पनि मेन्डीसँगै मार्सेलो रहेकाले रेगुइलोनले टोलीमा स्थान बनाउन सहज थिएन । भलै, मार्सलोले अझै पनि रियल छाड्न सक्ने चर्चा छ ।

प्रकाशित मिति २० असार २०७६, शुक्रबार १४:०७
Loading...