महिला विश्वकप : दोस्रो सेमिफाइनलमा आज नेदरल्यान्ड्स र स्वीडेन भिड्दै

काठमाडौं, असार १८
फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा आज राति दोस्रो सेमिफाइनल खेल हुँदैछ । जहाँ नेदरल्यान्ड्स र स्वीडेनको रोमाञ्चक भिडन्त हुँदैछ । गत राति भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै अमेरिका फाइनल पुगिसकेको छ । आज रातिको खेलपछि फाइनल पुग्ने र तेस्रो स्थानका लागि खेल्न सबै टिमको टुंगो लाग्नेछ । आज रातिको खेल नेपाली समयअनुुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले इटालीलाई २–० हराएर सेमिमा स्थान बनाउँदा स्वीडेनले उपाधि दाबेदार टिम जर्मनीलाई २–१ ले हराएको थियो । आज राति भिड्न लागेका दुवै टिमले क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उत्कृष्ट लयमा रहेका यी दुई टिमको भिडन्त आज राति सेमिमा हेर्नलायक हुनेछ । तुलनात्मक रूपमा नेदरल्यान्ड्सलाई यस खेलमा बलियो टोली मानिएको छ ।

आज रातिको खेलपछि प्रतियोगितामा फाइनल र तेस्रो स्थानका लागि गरी दुई खेल बाँकी हुनेछन् । जसमा फाइनलअघि तेस्रो स्थानमा लागि जुलाई ७ ताखिमा पहिलो सेमिमा पराजित इंग्ल्यान्ड र आज राति पराजित हुने टिम खेल्नेछन । त्यस्तै, जुलाई ८ तारिखका दिन सेमिका दुई विजेता टिम उपाधिका लागि भिड्नेछन् ।

प्रकाशित मिति १८ असार २०७६, बुधबार ११:३९
Loading...