no-image

काठमाडौं, असार १९
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अबको केहीबेरमा (६ः१५ बजेबाट) आयोजक ब्राजिल र पाहुना टिम अर्जेन्टिना सेमिफाइनल खेलमा भिड्दैछन् । सो खेलका लागि दुवै टोलीको सुरुआती–११ सार्वजनिक भएको छ । जसमा घरेलु टोली ब्राजिल र पाहुना अर्जेन्टिना दुवै टिमका स्टार खेलाडीहरू टोलीमा परेका छन् ।

अर्जेन्टिनी टोलीका कप्तान लिओनल मेस्सी, सर्जियो अगुएरोलगायत खेलाडीले सुरुआती टोलीमा स्थान बनाएका छन् भने ब्राजिलको टोलीमा फिलिपे कोउटिन्हो, ग्याब्रिएल जेसस, रोवर्ट फर्मिन्हो, एभर्टनगायत खेलाडी सुरुआती टोलीमा परेका छन् । अर्जेन्टिनाका युवा फरवार्ड पाउलो डिबालालाई भने यस खेलमा पनि बेन्चमै राखिएको छ ।

प्रकाशित मिति १७ असार २०७६, मंगलवार २३:३७
Loading...